योग विश्वलाई भारतको अनुपम सौगात हो: राज्यपाल

IMG-20240516-WA0245.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले अन्तरराष्ट्रिय योग दिवसको अवसरमा सिक्किमका मानिसहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘योग एक प्राचीन भारतीय विज्ञान हो जसले शारीरिक, मानसिक स्वास्थ्यलाई सन्तुलित राख्नमा अद्वितीय तारतम्यता स्थापित गर्दछ।

हाम्रा यशस्वी प्रधानमन्त्री नरेन्द्र मोदी ज्युले वैश्विक कल्याणको संकल्पका साथ संयुक्त राष्ट्र महासभा समक्ष प्रस्ताव राखे र भारतीय योग पद्धतिलाई अन्तरराष्ट्रिय मञ्चमा एउटा नयॉं पहिचान दिलाएका छन्। योग वस्तुत: विश्वलाई भारतको अनुपम सौगात हो। ‘राज्यपालले यस अवसरमा सबैलाई स्वयं एवं समाजको निम्ति योगको थीम अनुसरण गर्दै योगलाई नियमित रूपले अभ्यास गर्न र स्वस्थ सिक्किम, स्वस्थ राष्ट्र र स्वस्थ विश्वको निर्माण गर्न आह्वान गरेका छन्।

About Author

Advertisement