मुख्यमन्त्री तामाङले गरे पीएचइ र स्वास्थ्य विभागका अधिकारीहरूलाई लिएर बैठक

IMG-20240619-WA0271.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज स्वास्थ र ग्रामीण विकास विभाग र पीएचइ विभागका अधिकारीहरूलाई लिएर विभिन्न विषयमाथि रणनीति तयार गर्ने उद्देश्यले एक महत्वपूर्ण बैठकको आयोजना गरे। विशेष गरेर पानीबाट उत्पन्न हुने रोग,जण्डिस र हेपाटाइटिस ए,जुन मनसुनको समयमा मानिसहरूमा लाग्ने गरेको बारेमा जानकारी गराए। मुख्यमन्त्रीले यी तमाम विषयहरूमा सूचना शिक्षा सञ्चारको माध्यमद्वारा यसबारेमा मानिसहरूलाई जागरूक गराउनु पर्ने र यसको निम्ति सचेतना अभियान शुरू गरिनुपर्ने जानकारी गराए। यो पहल विशेष गरेर ग्रामीण र शहरी दुवै क्षेत्रमा गरिनुपर्ने र यसमा शिक्षा विभागलाई पनि सामेल गराउनु पर्ने सुझाउ दिए। यस कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य ब्याक्टेरियोलोजिकल प्रदूषण, पानीजन्य रोगहरू, सम्बन्धित स्वास्थ्य जोखिमहरू, र सुरक्षित स्वच्छता अभ्यासहरू, सरसफाइ सुविधा र प्रभावकारी फोहोर व्यवस्थापनको प्रवर्द्धन गर्न जनतालाई शिक्षित गर्नु रहने छ। यस अवसरमा मुख्यमन्त्री तामाङले पीएचई र ग्रामीण विकास विभागलाई सबै पानीका स्रोतहरूको नियमित उपचार सुनिश्चित गर्न, कठोर निगरानी कायम राख्न र पानीजन्य रोगहरूको रिपोर्टहरूमा द्रुत प्रतिक्रिया प्रदान गर्न निर्देश दिए। विशेष गरी ‘झोडा’ र अन्य स्रोतहरूमा फोहोर जम्मा गर्नबाट रोक्नको लागि प्रभावकारी फोहोर व्यवस्थापन अभ्यास लागु गर्नुपर्ने विषयमा जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement