उत्तर कोरियमा किम जोङद्वारा रुसका राष्ट्रपति पुटिनलाई भव्य स्वागत

Kim-Jong-Putin

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बुधबार बिहान उत्तर कोरिया पुगेका थिए जहाँ उत्तर कोरियाक प्रमुख किम जोङ उनले उनलाई न्यानो स्वागत जनाए। विमानस्थलमा स्वागत गरेपछि किम पुटिनसँगै सोही कारमा बसेर त्यहाँबाट प्रस्थान गरे। पुटिनले सारा विश्वलाई विशेषगरी पश्चिमा मुलुकलाई निद्रा नलागेको भन्दै दुवै देशले अमेरिकी प्रतिबन्ध हटाउन एकअर्कालाई सहयोग गर्न चाहेको बताए। उत्तर कोरियाली नेता किम जोङ उनले पुटिनलाई प्योङयाङ विमानस्थलमा भेटे। उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सीले उनीहरुले हात मिलाएर अँगालो हालेको र किम पछि पुटिनसँगको कारमा चढेर प्योङयाङको कुमसुसन स्टेट गेष्ट हाउसमा लगे। एजेन्सीले उनीहरुको भेटलाई दुई देशको मित्रता र एकताको ‘अपराजेय र स्थायित्व’ देखाउने ऐतिहासिक घटना भएको बताएको छ।

उत्तर कोरिया बाँकी विश्वबाट अलग्गै रहेको देश हो जहाँ पुटिनले २४ वर्षमा पहिलो पटक भ्रमण गरेका छन्। विदेशी नेताहरू यहाँ विरलै भेटिन्छन्। यस्तो अवस्थामा पुटिनको कोरिया भ्रमण कोरियाका लागि नै ठूलो घटना थियो, जसका लागि विस्तृत तयारी गरिएको थियो। विमानस्थलमा ठूला ठूला रातो कार्पेट बिछ्याइएको भिडियो सार्वजनिक भएको छ। किम रेड कार्पेटमा उभिएर पुटिनको पर्खाइमा देखिएका छन्। पुटिन आफ्नो विमानको सिँढीबाट ओर्लने बित्तिकै किम अगाडि बढ्छन् र उनीसँग हात मिलाउँछन् र त्यसपछि दुवै नेताले निकै न्यानो अंगालो हालेको देखिन्छ। दुवै नेता केहीबेर रोकिएर कुरा गर्छन् र पुटिनले फेरि किमलाई अँगालो हाल्छन्, त्यसपछि किमले उनलाई छोड्न संकेत गर्छन्।

About Author

Advertisement