भोली विदेश मन्त्री डा. एस जयशंकर एक दिनको आधिकारिक  यात्रामा श्रीलंका जाने

eam-s-jaishankar.jpg

नयाँ दिल्ली: विदेश मन्त्री डा. एस जयशंकर भोली एक दिनको आधिकारिक श्रीलंका यात्रामा जानेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो सरकार बनेपछि यो उनको पहिलो समुद्री छिमेकी देशको यात्रा हुनेछ।

विदेश मन्त्रालय अनुसार, यात्रामा उनले श्रीलंका सरकारको शीर्ष नेतृत्वको साथ आपसी साझेदारीसित जोड़िएका विभिन्न मुद्दाहरूमाथि चर्चा गर्नेछन्। यस यात्राले कनेक्टिविटी परियोजनाहरू र विभिन्न क्षेत्रहरूमा अन्य पारस्परिक रूपमा लाभकारी सहयोगलाई गति प्रदान गर्नेछ।

मन्त्रालय अनुसार, भारतको छिमेकी प्रथम नीतिको पुष्टि गर्दै यात्राले श्रीलंकाप्रति भारतको निरन्तर प्रतिबद्धतालाई रेखांकित गर्दछ। श्रीलंका भारतको सबैभन्दा नजिकको समुद्री छिमेकी र जटिल समयमा असल मित्र प्रमाणित भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement