गान्तोक: राज्यका सूचना एवम जनसम्पर्क विभागकी सचिव कर्मा डी. युत्सो लगायत अन्य अधिकारीहरूले आज सूचना एवम जनसम्पर्क विभाग, भू- राजस्व एवम आपदा प्रबन्धन र सूचना एवम प्रौदोगिकी विभागका सल्लाहकार एलबी दासलाई उनको सरकारी निवासमा भेट गरे। भेटको क्रममा सचिवले विभागका विभिन्न गतिविधिकाबारेमा नवनियुक्त सल्लाहकारलाई अवगत गराउनकतो साथै मुख्या कार्यालय र जिल्ला कार्यालयमा रहेका कार्यालयको पूर्वाधारका केही समसामयिक विषयमा छलफल गरे।
सल्लाहकारले विभागका कर्मचारीहरूलाई भ्रमणका लागि धन्यवाद दिँदै मुख्यालय सूचना भवन ताडोङमा भएको समन्वय बैठकमा समस्या र थप योजनाहरूबारे विस्तृत छलफल गरिने आश्वासन दिए।










