गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमाले पश्चिम बंगालकी आफ्नी समकक्ष ममता ब्यनर्जीसित अनुरोध गरे, उनले असमको तिनसुकियामा बस्ने आईआईटी खड़गपुरका छात्र फैजान अहमदको रहस्यमय मृत्युको यथार्थलाई उजागार गर्नको लागि मामिलाको जाँचमा सीबीआईलाई सामेल गरून्।
पश्चिम बंगालकी मुख्यमन्त्रीलाई गत १७ जूनमा पठाएका आफ्नो पत्रमा डा. सरमाले पारदर्शी अनि निष्पक्ष जाँचको लागि मामिला सीबीआईलाई सुम्पिने अनुरोध गरेका छन्। डा. सरमाले आफ्नो पश्चिम बंगालकी समकक्षसित अनुरोध गरे, उनले साँचो कुरा पत्तो लगाउन अनि शोकाकुल आमा-बुवालाई न्याय दिलाउनको लागि यस मामिलाको जाँचमा केन्द्रिय एजेन्सी सीबीआईलाई सामेल गरून्। यसअघि गत १० अक्टोबर, २०२२-मा पनि डा. सरमाले पश्चिम बंगालकी मुख्यमन्त्रीलाई एक पत्र लेखी फैजानको मृत्युको गहन जाँच गराउने अनुरोध गरेका थिए।
उल्लेखनीय छ, अक्टोबर, २०२२-मा फैजान अहमदको शव उसको छात्रावासमा भेटिएको थियो। उसको मृत्युलाई आईआईटी प्राधिकरणले आत्महत्या बताएको थियो, तर उसका शोकाकुल माता-पिताले फैजानको शरीरमा चोटको निशानहरू देखेका थिए। त्यसपछि हाई कोर्टको निर्देशलाई मध्यनजर गर्दै दिवंगत फैजानको शवलाई चिहानबाट निकालेर दोस्रो पटक पोस्टमर्टम गराइएको थियो। पोस्टमर्टममा फैजानको गर्दनको दाहिने भागमा गोली लागेको निशान अनि गर्दनको दाहिने भागमा चक्कुले प्रहार गरेको निशान पाइयो।