सशस्त्र सिमा बलद्वारा मिरिकको फुवागढी उच्चत्तर माध्यमिक विद्यालयमा नशा मुक्ति अभियान कार्यक्रम आयोजना

IMG-20240618-WA0217.jpg

मिरिक: सशस्त्र सिमा बल टिङलिङ बीओपी आठौं बटालियन खोप्रेलद्वारा आज मिरिकको फुवागढी उच्चत्तर माध्यमिक विद्यालयमा नागरिक कल्याण कार्यक्रम अन्तर्गत नशा मुक्ति अभियान कार्यक्रमको आयोजना गरेको छ। ड्रग्स जन्य पदार्थको सेवनले स्वच्छ मानिसको शरीरलाई हानी पुर्‍याउँछ, यसलाई सेवन गर्न हुँदैन भन्ने उद्देश्यले विद्यार्थीहरुलाई सचेतना गराउन यस कार्यक्रमको आयोजना गरेको बताइएको छ। बीओपी इन्चार्ज इन्सपेक्टर गौतम सुत्रधारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक प्रभारी पेमा लामाले नशालु पदार्थको सेवनले स्वस्थ्य शरीरलाई मात्रै होइन समाजलाई नै खराब गर्छ। यसले गर्दा यसको सेवन, बिक्री र वितरणमाथि रोक लगाउन जरुरी छ भनी बताएका छन्। समारोहमा सह शिक्षक मोहन दोर्जे लामाले पनि सचेतना कार्यक्रममा सम्बोधन गरेका थिए।विद्यालयको प्रेक्षा गृहमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले जागरुकता र्‍यालीमा भाग पनि लिएका थिए।

About Author

Advertisement