मानिसहरूको घरमा पस्न थालेको छ पानी
कोचबिहार: कोचबिहारमा लगातारको वर्षाका कारण जिल्लाका सबै नदीहरू बडेका छन्। कोचबिहार शहरबाट बग्ने तोर्सा नदीको पानीको सतह बढ्न थालेको छ। तोर्सा मात्र नभई तुफानगञ्जबाट बग्ने कालजनी, रैडक, घरघरिया लगायत सबै नदीमा पानीको बहाव बढेको छ। कोचबिहारका विभिन्न क्षेत्रमा नदीको पानी प्रवेश गर्न थालेपछि बाढीको अवस्था सिर्जना भएको छ। तर, जिल्ला प्रशासन बाढीको सामना गर्न तयार छ।










