हात्ती ढुङ्गामा पालन गरियो आजादीका अमृत महोत्सव कार्यक्रम

IMG-20220811-WA0195.jpg

गान्तोक: देशव्यापी रूपमा आयोजित आजादी का अमृत महोत्सव कार्यक्रममार्फत हामीले देशभक्ति भाव प्रकट गर्ने सुअवसर पाएको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका मुख्यालय सचिव आरके वालिङले आज पश्चिम सिक्किमको हात्तीढुंगामा आयोजित कार्यक्रमलाई मुख्य अतिथिको आसनबाट बोल्दै उपरोक्त मन्तव्य व्यक्त गरे। उनी आज यहाँ ७६औं स्वाधीनता दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। हाल देशव्यापी रूपमा आयोजित १३ अगस्तदेखि देशव्यापी रूपमा शुरु हुने हर घर तिरंगा कार्यक्रम सिक्किममा १ अगस्तदेखि नै शुरु भइसकेको जानकारी गराउँदै सिक्किम अनि सिक्किमेली जनसमुदायले हाल खुबै उत्साहपूर्वक राष्ट्रिय कार्यक्रम मनाइरहेको उनले विचार पोखे। कुनै पनि कार्यक्रमलाई सफल तुल्याउन सामूहिक पहलको आवश्यकता पर्ने उल्लेख गर्दै उनले हर घर तिरंगा कार्यक्रमलाई सफल पार्न सबै सिक्किमेली जनसमुदायले अहम भूमिका निर्वाह गरेको बताए। हात्तीढुंगा सेकेण्डेरी स्कूलमा आयोजित आजको कार्यक्रममा एसकेएम सांस्कृतिक प्रकोष्ठका महासचिव सोनाम दोङ विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा पश्चिम सिक्किमका जिल्ला युवा उप-संयोजक मोहन राई, युवा प्रकोष्ठ जिल्ला समितिका सचिव सामडुप लेप्चा, कलुकका खण्ड विकास अधिकारी प्रमिला गुरुङ आदिको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *