कालचिनी: भारत स्काउट्स एण्ड गाइड्स एयर विंग्सका सदस्यहरुले आज कालचिनी थानाका पुलिस अधिकारी र हेमिल्टनगञ्ज स्थित दमकल विभागका अधिकारीहरुलाई राखी बाँधेर रक्षा बन्धन पालन गरिएको जानकारी एयर विंग्स स्काउट्स एण्ड गाइड्सका कालचिनी ब्लक प्रभारी घनश्याम उराँवले दिएका छन्। बिहीबार राखी बन्धन पालन गर्ने क्रममा एयर विंग्स स्काउट्स एण्ड गाइड्सका चेयरम्यान डा.कमल कुजूर लगायत गाइड्स क्यापटेन गुलनाज खातुन सहायक स्काउट्स मास्टर रोशन लोहार र एयर विंग्स स्काउट्स एण्ड गाइड्सको प्रभारी घनश्याम उराँवको उपस्थिति रहेको थियो।









