लुम्सेस्थित देवलोक हाउजिङ परिसरमा सिक्किम हाउजिङ एण्ड डेभलपमेन्ट बोर्डद्वारा विरूवा रोपन

IMG-20220811-WA0196.jpg

गान्तोक: आजादी अमृत महोत्सव कार्यक्रम अन्तर्गत आज लुम्सेस्थित देवलोक हाउजिङ परिसरमा सिक्किम हाउजिङ एण्ड डेभलपमेन्ट बोर्डद्वारा विरूवा रोपण कार्यक्रम आयोजना गरियो। भारतको राष्ट्रिय ध्वाज तिरङ्गा फरफराएर शुरु गरिएको यो कार्यक्रममा सिक्किम हाउजिङ एण्ड डेभलपमेन्ट बोर्डका अध्यक्ष कर्म टाशी भुटिया अनि विभागीय सचिवको विशेष उपस्थिति रहेको थियो।

आजको यस कार्यक्रममा देवलको परियोजनाका ग्राहकहरुको पनि सहभागी रहेको थियो।

यो परियोजना बारे बोल्दै अध्यक्ष भोटियाले वर्ष २०२२ को अन्तसम्म सम्पूर्ण निर्माण कार्य समाप्त गरेर यहाँको फ्ल्याट ग्राहकहरुलाई हस्तान्तरण गरिने जानकारी गराए। यस परियोजना धेरै अघि शुरु भएपनि कोरोनाको कारण समयमा पूर्ण हुन नसकेको अनि अहिले यसको निर्मापक्षले पनि यो वर्ष भित्र निर्माण पूर्ण गर्ने उद्देश्यमा द्रुत गतिमा कार्य गरिरहेको उनले बताए। निर्मित आवास उच्च स्तरको होस् भन्ने हेतुले स्वयंले निरन्तर यहाँ आएर निरीक्षण गर्ने गरेको जानकारी गराए।

सिक्किम हाउजिङ डेभलपमेन्ट बोर्डले वर्तमान युग सापेक्ष आवश्यकताहरुलाई ध्यानमा राखेर आवास निर्माण कार्य गरिरहेको उनले थप बताए। शहरमा बस्ने मानिसहरूलाई सुलभ मूल्यमा पूर्ण निर्मित फ्ल्याट त्यो पनि सम्पूर्ण आधुनिक सुविधाहरु सहित दिने बोर्डको उद्देश्य रहेको उनले थप बताए। यहाँ निर्माण भइरहेको १० वटा ब्लक रहेको अनि ब्लक ४ को निर्माण कार्य यो वर्षभित्र सकिने अनि ग्राहकहरुलाई पनि हस्तान्तरण गर्ने उनले बताए। प्रत्येक ब्लकको ग्राउन्ड फ्लोरमा राशन दोकान, पार्किङ, लिफ्ट, सामुदायिक भवन अनि अनि आधुनिक सुविधाहरु रहेको उनले बताए। समय सँगसँगै मान्छेको जीवनस्तरमा वृद्धि रहेको बताउँदै यसै कुराहरूलाई ध्यानमा राखेर बोर्डले कार्य गरिरहेको उनले बताए। कोरोनाको कारण निर्माण कार्य तय समयमा हुननसकेकोले ग्राहक हरुमा पर्न गएको असुविधाको निम्ति पनि उनले खेद प्रकट गरे। निर्माण पक्षसँग बारम्बार जोगाजोग गरेर चाँडो यो निर्माणकार्य पूर्ण गर्ने पहलमा रहेको उनले सबैलाई आश्वस्त गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *