झापा: इलामको इलाम नगरपालिका ११ निन्दाकुमा रूखको हाँगाले लागेर एकजनाको मृत्यु भएको छ। निजी वनमा गोलियाको लागि रूख काट्दै गर्दा अचानक रूखको हाँगाले लागेर स्थानीय ७२ वर्षीय नेत्रप्रसाद श्रेष्ठको मृत्यु भएको हो।घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल इलाम पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।









