पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन

IMG-20240616-WA0048.jpg

झापा: ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा मई १५ देखि जुन १५ सम्ममा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ। पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रुपमा सो बराबरको नगद सङ्कलन गरिएको हो।पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार मई-जेठ महिनामा १६ लाख ६५ हजार नौ सय ५६ सङ्कलन भएको छ। सङ्कलित भेटी बैङ्कमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ। चालु आर्थिक वर्षको जुनसम्ममा दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ।

About Author

Advertisement