आखिर ‘दीप’को धर्म जल्नु नै त रहेछ
जल्दा जल्दै मैनबत्ती झैं गल्नु नै त रहेछ
नचलुँ यो स्वार्थी संसारको चालमा भन्यो
तर बाँच्नलाई अरूसित चल्नु नै त रहेछ
बाँचुञ्जेल अनेक दुःख-भुक्त गऱ्यो गऱ्यो
दिन पुगेपछि जसरी पनि ढल्नु नै त रहेछ
जो जति नजिक र आफन्त नै किन नहोस्
मौका पाएमा सबको काम छल्नु नै त रहेछ
राम्रा कुरा लेखिएका छन् धर्म शास्त्रहरूमा
यथार्थमा भने कमजोरलाई दल्नु नै त रहेछ
केही फाइदा‘नि देखिएन लोभ-लालच गरेर
आखिर त चितामा दन्दनी बल्नु नै त रहेछ