जग्गा विवादमा व्यापारीलाई गोली हानेर हत्या गर्ने प्रयास गरिएको आरोप

photocollage_20246151834686-1

मालदा: जग्गा विवादमा एक किराना पसलका व्यापारीलाई गोली हानी हत्या गर्ने प्रयास गरेको आरोपमा केही व्यक्तिहरूमाथि गम्भीर आरोप लगाइएको छ। यो सनसनीपूर्ण घटना मालदा जिल्लाको पुरानो माल्दा नगरपालिकाको वार्ड नम्बर १७ को रसिला दाह कोलोनी क्षेत्रमा शुक्रबार राति भएको समाचार छ। पुरानो मालदा पुलिस चौकीले घटनाको अनुसन्धान शुरु गरेको छ। गोली लागेका किराना व्यवसायी सुमन साह (४२) वर्षिय रहेको समाचार छ। पुलिस स्रोतका अनुसार पुरानो मालदा  थानाअन्तर्गत छटियान मोर मण्डल पाडा क्षेत्रका आकाश मण्डल र विशाल मण्डलको साढे तीन बिघा जग्गालाई लिएर इलाकाका बासिन्दासँग विवाद भएको थियो। किराना पसलका व्यापारी सुमन साहले उक्त स्थान कब्जा गरेको विरोध गरेका थिए। सोही आक्रोशमा गएराति आकाश मण्डल र विशाल मण्डलसहित चारजनाले घरको पछाडिको ढोकाको ग्रिल काटेर अनुहार छोपेर गोली प्रहार गरेको आरोप छ लगाएको छ। गोली किराना पसलेको देब्रे खुट्टामा लागेको समाचार छ। उनलाई मालदा मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। खबर पाएलगत्तै पुरानो मालदा थानाको पुलिस राति नै घटनास्थल पुगेको थियो। अहिलेसम्म दोषी पक्राउ पर्न नसकेको परिवारजनको आरोप छ।

About Author

Advertisement