बिराटनगर: मोरङ्गको लेटाङ नगरपालिकाले मोहिलाई प्राथमिकतामा राख्न थालेको छ। नगरपालिकाले आफ्ना औपचारिक तथा अनौपचारिक कार्यक्रममा बजारमा राखिएका पेयपदार्थको सट्टा मोहि दिन थालेको छ। बैठक तथा कार्यक्रममा मोहि खुवाउन थालेपछी प्रशंसा हुन थालेको छ। नगरपालिकाले मोहिलाई सबैले प्रयोग गर्न समेत आग्रह गरेको छ। उता पोखराको एउटा डेरिले त मोहिलाई ब्राम्डिङ गरेर बजारमा बिक्रि समेत गर्न थालेको छ।










