बारामा क्याम्पस प्रमुख मेहताको गोली हानी हत्या

IMG-20240615-WA0085.jpg

जनकपुर: बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण मेहताको गोली हानी हत्या भएको छ। शुक्रबार १४ जुन साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला पुलिस कार्यालय बाराले जनाएको छ।आदर्श कोतवाल गाउँपालिका–२ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका मेहता माथि वडा नं ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको थियो। हत्यामा संलग्नको खोजी कार्य जारी रहेको पुलिसले जनाएको छ ।गोली लागेर घाइते भएका मेहतालाई उपचारका लागि न्यूरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको होl

About Author

Advertisement