लुटपाटको योजना बनाउँदै  गरेको आरोपमा पाँच जना पक्राउ, धारिलो हतियारहरू बरामद

1-A

सिलगढी: प्रधान नगर थानाको पुलिसले लुटपाटको उद्देश्यले भेला भएका पाँच युवालाई पक्राउ गरेको छ। जसमा अनिमेश ओनराव (२४), शम्भु विश्वास (२९), गोपाल कर्माकर (२२), शैलेन्द्र प्रधान (२८) र अभिषेक (२४) छन्। जसमध्ये ३ जना सिलगढीका र २ जना खरसाङका बासिन्दा रहेको थाहा लागेको बताइएको छl गोप्य सुचनाका आधारमा लुटपाट गर्ने नियतले युवाहरु लुटपाट गर्ने उद्देश्यले भेला भएको बताइएको छ। प्रधाननगर पुलिस चौकीले सादा पोशाकमा छापा मारेको छ। पुलिसले त्यहाँबाट ५ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट धेरै धारिलो हतियार बरामद भएको छ। उनीहरु सबैलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरियो। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ। –न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement