विराटनगर: विराटनगर महानगरपालिका १२ नम्बर वडाका वडाध्यक्ष कार्यालय समयमा नभेटिने गरेको जनगुनासो विगत लामो समयदेखि थियो। सेवाग्राहीहरु वडामा काम लिएर पुग्यो भने कहिल्यै नभेटिने गरेको उनीहरुले आवर विराटनगरलाई समेत बताईरहेका हुन्थे। कहिले कार्यालय नै बन्द गरेर घुम्न जाने त वडा कार्यालयबाट चुस्त र दुरुस्त सेवा नपाएको गुनासोहरु यावत हुने गरेका छन्। तर बुधबार वडा कार्यालयमा भने फरक दृष्य देखियो। कार्यालयमा बेथिति बढेको आरोप लगाउँदै नेकपा एमाले १२ नम्बर वडा कमिटीले २० बुँदे ध्यानाकर्षण पत्र वडाका जनप्रतिनिधिलाई अगाडी राखेर सुनाए। नेकपा एकिकृत माले १२ नम्बर वडाका अध्यक्ष भानुभक्त पाठक र सचिब अजय ढकालसहित सहभागी भएका स्थानीयले विराटनगर १२ का वडाध्यक्ष हिरालाल कामतलाई भेटेर ध्यानाकर्षण पत्र बुझाए। उनीहरुले बुझाएको पत्रमा वडाअध्यक्ष कामत कार्यालय समयसम्म नबस्दा सेवाग्राहीले सेवाबाट बन्चित हुनुपरेको भन्दै कार्यालय समयसम्म बस्न माग गरे। त्यति मात्रै हैन युवा, खेलकुद, विपद व्यवस्थापन जस्ता शिक्षामा छुटयाएको रकम के कति कारण र कुन निर्णयका आधारमा रकमान्तर गरिएको हो तत्काल सार्वजनिक गर्नुपर्ने, सेवाग्राहीले कार्यालयबाट चुस्त र दुरुस्त सेवा नपाएको भन्दै गुनासो आएकाले कार्यालय व्यवस्थित ढंगले संचालन गर्नुपर्ने लगायत विभिन्न माग राख्दै वडाका सबै जनप्रतिनिधीलाई अगाडी राखेर ध्यानाकर्षण यसरी गराए। यता वडाध्यक्ष कामत माथि लागेका गम्भिर गम्भिर प्रस्नले केही रातो पिरो भए। तर पनि उनले यसको जवाफ दिएर छाडे। उनले सबैको सामु भने वडाको काम लिएर महानगरपालिका र बाहिर जाँदा वडा सदस्य कुशेस्वर राजवंशीलाई दिएर जाने गरेको स्पष्ट पारे। सेवाग्राहीलाई सहजता प्रदानको गर्नको लागि आफू नहुँदा सदस्यलाई कार्यवहाक दिएको र काममा बाधा नपरेको प्रतिक्रिया दिए।








