चट्याङबाट जोगिन  मालदामा सचेतना अभियान

IMG-20240613-WA0223

मालदा: मालदामा चट्याङले लागेर ११ जनाको मृत्यु भएपछि जिल्ला पुलिस र प्रशासन स्तब्ध भएको छ। चट्याङबाट हुने मृत्यु हुन नदिन जिल्ला पुलिस र प्रशासनले सामाजिक सञ्जाल र पञ्चायत तहका जनप्रतिनिधिमार्फत सचेतना अभियान थालेको छ। पुलिसले मुख्यत ग्रामीण क्षेत्रमा पर्चा छापेर सचेतना अभियान चलाउन जोड दिएको छ। आगामी दिनमा चट्याङको घटना हुन नदिन सर्वसाधारणलाई प्रशासनले सचेत रहन आग्रह गरेको छ। घटनापछि मात्रै प्रशासनले चिन्ता व्यक्त गरेको छ। मृतकलाई प्रदेश सरकारले एकमुष्ट दुई लाख रुपियाँ सहयोग गर्दै आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement