खरसाङ: खरसाङको गाड़ीधुरा सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पंखाबारी लंगभिऊ अम्बटे समष्टिको सभा समष्टि सभापति मणिराज डुम्जनको सभापतित्वमा सम्पन्न भयो। ललित प्रधानले संचालन गरेको सभालाई सभासद कल्पना प्रधान,महुकमा सभापति सुवास प्रधान, नारी शक्ति समष्टि सचिव सत्या गोले, युवा शक्ति समष्टि सभापति तुसार राई, रोहिणी संयोजक प्रदीप प्रधान, अम्बटे ब्लक सभापति अमृत छेत्री, दुधे ब्लक सभापति नन्द कुमार थामी, लंगभिऊका संयोजक मौसम लामा, गाड़ीधुराबाट बुद्ध घिसिङ आदिले सम्बोधन गरेका थिए। सभामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनकको मनोनीत सभासद प्रणाम रसाईलीलाई समष्टिको पक्षबाट खदा अर्पण गरी शुभेच्छा एवं शुभकामना टक्राइयो साथै अभिभावक फोरमका सदस्य याङडुप लामालाई समष्टिका प्रमुख सल्लाहकारको रूपमा मनोनीत गरियो। सम्बोधनको क्रममा सभासद कल्पना प्रधानले आफ्नो समष्टिका कार्यकर्ताहरूलाई आफूलाई विपुल मत दिएर विजय गराएकोमा धन्यवाद दिए। उनले आफू आफ्नो क्षेत्रको बिकास कार्य गर्न वचनबद्ध रहेको साथै क्षेत्रको सामाजिक शैक्षिक साथै आफ्नो क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रहरूको विकास गर्ने बताइन्। सभामा सभासद कल्पना प्रधान, केन्द्रीय समिति सदस्य सन्तोष लामा, महुकमा समिति सभापति सुवास प्रधान, सचिव प्रणाम रसाईली, उपसभापति शंकर रावत, प्रवक्ता अनुप रामुदामु, महुकमा सदस्य मिलन रसाइली, सुरज लामा, गजेन प्रधान साथै समष्टि सभापति मणिराज डुम्जन, सचिव ललित प्रधान, सह-सचिव कुनाल छेत्री, अभिभावक फोरमका याङडुप लामा, प्रचार प्रसार सचिव जिनोद परियार, समष्टि युवा शक्ति सभापति तुसार राई, सचिव पप्पु तामाङ, नारी शक्ति सभापति रिना थिङ, सचिव सत्य गोले आदिको विशेष उपस्थिति रहेको थियो।









