सिलगढी: सिलगढी विशेष संशोधानागरमा तृणमूलको तर्फबाट रक्षा बन्धन पर्व पालन गरियो। यस अवसरमा जिल्ला तृणमूल कङ्ग्रेस सभानेत्री पापिया घोषले भनिन्, रक्षा बन्धनको अवसरमा आज सिलगढी संशोधानागरका कैदीहरूलाई राखी बाँधिदिए। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री पापिया घोष, रञ्जन सरकार, २० नम्बर वार्डका काउन्सिलर अभया बोस लगायत अन्यले संशोधानागरका कैदीहरूलाई राखी बाँधिदिए। आगामी दिनमा तिनीहरूलाई मुख्य धारामा फर्काइ ल्याउन हाम्रो दायित्व रहेको तिनले बताए।









