खरसाङमा राखी बन्धन उत्सव २०२२ एंव संस्कृति उत्सव कार्यक्रम सम्पन्न

IMG-20220811-WA0147.jpg

अब प्रत्येक स्कूलमा अन्तर श्रेणी खेलकूद कार्यक्रम फेरि शुरु गर्नुपर्छ : नवराज छेत्री

खरसाङ: युवा कल्याण अनि क्रीड़ा विभाग जीटीएको खरसाङ खण्ड र युवा कल्याण र क्रीड़ा विभाग पश्चिम बंगालको संयुक्त आयोजनामा आज खरसाङमा राखी बन्धन उत्सव २०२२ संस्कृति दिवसको रूपमा पालन गरिएको छ। खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा जीटीएको युवा तथा खेलकूद मामिला विभागका एमओडी खरसाङका सभासद एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र खरसाङ खण्ड युवा अधिकारी पेम्बा भोटिया उपस्थित थिए। चिराग तिवारीद्वारा सञ्चालित कार्यक्रममा खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न स्थानहरूको विद्यालयहरूका विद्यार्थीहरूले गीत, नृत्य, वक्तव्य र कराँते प्रस्तुत गरेका थिए। कार्यक्रममा खरसाङ खण्ड युवा अधिकारी पेम्बा भोटियाले आफ्नो सम्बोधनमा युवा अनि क्रीड़ा विभाग खरसाङको पक्षबाट विभिन्न कार्यक्रमहरू गरिने गरिन्छ अनि यसै अन्तर्गत आज रक्षा बन्धन उत्सव २०२२ पालन गरिएको बताउँदै रक्षा बन्धन विषयमा जानकारी गराएका छन्। उनले आजको कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा जीटीएके युवा एंव खेलकूद मामिला विभागको एमओडी खरसाङका सभासद एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले आजको कार्यक्रम सबै उत्कृष्ट रहेको र सबै कार्यकर्ताहरु विद्यार्थीहरूले होइन तर प्रोफेशनल आर्टिस्टहरूले गरेको जस्तो लाग्यो भनी बताएका छन्। उनले यी कार्यक्रमहरू प्रत्येक स्कूलतिर गरेको भए झन असल हुने जस्तो लागेको बताउँदै अब प्रत्येक स्कूलमा अन्तर श्रेणी खेलकूद, सांस्कृतिक र साहित्यिक प्रतियोगिता आयोजना गर्ने सुझाव राख्दछु भनी बताएका छन्। छेत्रीले आजको विद्यार्थीहरू नै भोलिको भविष्य हुन् भनी बताउँदै आजको कार्यक्रम आयोजना गर्ने युवा एंव खेलकूद मामिला विभागको खरसाङ खण्डको अधिकारीहरू र कर्मचारीहरूप्रति आभार प्रकट गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको युवा एंव खेलकूद मामिला विभागको एमओडी सभासद नवराज छेत्रीलाई विभागको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। त्यसरी नै कार्यक्रममा सहभागी बन्ने खरसाङ खण्ड अन्तर्गत पर्ने महानदी, खरसाङ, गिध्दे, सिटोङ लगायत अन्य क्षेत्रका नानीहरूलाई प्रमुख अतिथि र विशिष्ट अतिथिहरूका बाहुलीबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको छ।

कार्यक्रममा विभिन्न विद्यालयहरूका विद्यार्थीहरू लगायत खरसाङ महाविद्यालय, सुतेरियो कराँते डु एसोसिएशनको नानीहरूद्वारा काँता प्रस्तुत गरिएको थियो। त्यसरी खरसाङको शारदा संगीतालयद्वारा विभिन्न सांगीतिक प्रस्तुतिहरू दिइएको थियो। कार्यक्रममा विभिन्न विद्यालयहरूका विद्यार्थीहरू, शिक्षक शिक्षिकाहरू, खरसाङ महाविद्यालयको सह प्राध्यापिकाहरू, विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए। कार्यक्रममा युवा एंव क्रीड़ा विभाग जीटीएको अन्तर्गत खरसाङ खण्डको खण्ड युवा अधिकारी पेम्बा भोटिया लगायत चिराग तिवारी, उर्गेन लामा, दिङ्कर छेत्री उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *