सोनादा: दार्जिलिङ फुटबल सोसाईटीको सक्रियतामा दार्जिलिङ पहाड़का प्रतिभाशाली फुटबल खेलाड़ीहरू बंगलोर पुगेका छन्। दार्जिलिङ फुटबल सोसाईटीको आयोजनामा कुक् स्टार बंगलोरको फुटबल क्लबलाई दार्जिलिङमा बोलाएर फुटबल चयन क्याम्प गरेका थिए। उक्त चयन क्याम्पमा चयन गरिएको प्रतिभाशाली फुटबल खेलाड़ीहरूलाई किक् स्टार फुटबल क्लब बंगलोरमा चयमका लागि लगिएको जानकारी दार्जिलिङ फुटबल सोसाईटीको मुख्य कोच लाक्पा शेर्पाले दिएका छन्। उनले बताए अनुसार दार्जिलिङ फुटबल सोसाईटीको एकजना कोचसहित दुईजनाको निगरानीमा फुटबल खेलाड़ीहरू आज नै हवाई मार्ग भएर बागडोगरा पुगेका छन्। बंगलोर पुगेर किक् फुटबल क्लबमा आज नै जोइन्ट गरेर भोलि र पर्सी हुने चयन शिविरमा भाग लिने जानकारी गराएका छन्। शेर्पाले दार्जिलिङ फुटबल सोसाईटीको आयोजनामा पहाड़का प्रतिभाशाली फुटबल खेलाड़ीहरूलाई लिएर धेरै नामी नामी फुटबल क्लबहरूलाई बोलाएर चयन क्याम्प आयोजना गरिरहेको र सोसाईटीले दार्जिलिङ पहाड़मा फुटबल खेलको गरिमा बढाउन साथै यहाँको खेलाड़ीहरू पनि देशको प्रसिध्द फुटबल क्लबहरूमा खेल्न सकोस् भनेर लगातार रुपमा कार्य गरिरहेको बताएका छन्।