भागोप्रमोको तीन सदस्यीय टोलीद्वारा नाबालिकलाई न्यायको मांग गर्दै दार्जीलिङ पुलिस अधीक्षकसित भेट

IMG-20240611-WA0258.jpg

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पीडित परिवारको पक्षमा उचित न्यायको मांग गर्दै दार्जीलिङ पुलिस अधिक्षकसँग भेट गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महासचिव अमर लामाको नेतृत्वमा तीन सदस्यीय टोलीले दार्जीलिङ पुलिस अधीक्षकलाई भेट गरेका छन्। भेट गर्नुको मुख्य कारण हिजो दार्जीलिङमा एक नाबालिक छात्रामाथि शिक्षकले गरेको शारीरिक अनि मानसिक दुर्व्यवहारको मुद्दालाई लिएर थियो। अपराधीलाई पुलिसले पक्रेको छ। केस कोर्टमा पुगेको छ। पीडित छात्रा मानसिक रूपले असन्तुलित रहेको जनाइएको छ।
पुलिस अधीक्षकसँगको भेटपछि अमर लामाले बताए कि टोलीले आज दार्जीलिङ एसपीलाई भेटेर दुईवटा कुराको मांग राखेका छन्।
यस विषयमा भागोप्रमोको केन्द्रीय महासचिव अमर लामाले भने, ‘पुलिसले अनुसन्धान गरि नै रहेको छ। तर हामी चाहान्छौं कि पुलिसको अनुसन्धान चाँढोभन्दा चाँढो हुनुपर्छ। केस चाँढोभन्दा चाँढो कोर्टमा ट्रायलको निम्ति आउनुपर्छ। पीडित पक्षले सीमित समयभित्र न्याय पाएको हुनुपर्छ। समयमा न्याय नपाउनुको अर्थ पीडित न्यायदेखि वञ्चित रहनु हो। केससँग सम्बन्धित गवाही रहेको छ। तर पोक्सो केसमा गवाही हुनु नै पर्छ भन्ने छैन।’

About Author

Advertisement