काठमांडू: काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुन १० सोमबार दिउँसो संकटकालीन नमूना अभ्यास गरिएको छ। हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहभागितामा नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले संकटकालीन योजनाअनुसार गरिने विभिन्न नमूना अभ्यास गरेको हो।











