सिक्किमको याङगाङमा पैह्रोका कारण तीन जनाको मृत्यु

IMG-20240610-WA0218-copy

गान्तोक: दक्षिण सिक्किममा भारी वर्षाका कारण तीन जनाको मृत्यु भएको छ। सिक्किम प्रशासन स्रोतका अनुसार भारी वर्षाले दक्षिण सिक्किमको याङगाङ क्षेत्रमा पैह्रोका कारण  तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला पनि रहेका छन्। पैह्रोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ भने याङगाङ र राभाङ्ला जोड्ने पुल पूर्णरुपमा क्षति पुगेको समाचार छ।

About Author

Advertisement