सरकारको शपत ग्रहण समारोहमा सबैलाई उपस्थित भइदिन मुख्यमन्त्रीकाे आह्वान

IMG-20240605-WA0308.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारको शपत ग्रहण समारोहमा सबैलाई उपस्थित भइदिन आह्वान गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत शपथ ग्रहण समारोहको निमन्त्रणा दिएका छन्।

उल्लेखनीय छ, सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले हालैमा सम्पन्न भएको विधानसभा र लोकसभा चुनाउमा ऐतिहासिक जित हासिल गरेको छ। एसकेएमले एकमात्र लोकसभा र ३२ विधानसभा आसन मध्ये ३१ आसनमा जित हासिल गरेर लगातार दोस्रोपल्ट सरकार गठन गर्न लागिरहेको छ।

मुख्यमन्त्री तामाङले सरकारको महत्वपूर्ण शपथ ग्रहण समारोहमा सबैलाई उपस्थित भइदिने निमन्त्रणा गरेका छन्। उनले भोलि, १० जूनका दिन राजधानीको पाल्जोर स्टेडियममा दिउॅंसो ४:३० बजी शपथ ग्रहण समारोह सम्पन्न गरिने जानकारी गराएका छन्। उनले यस ऐतिहासिक अवसरमा साक्षी बन्न दिउॅंसो २ बजीसम्म स्टेडियममा आइपुग्ने अपील पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement