पाल्जर स्टेडियममा शपथ ग्रहण समारोहको तयारी लगभग पूरा

IMG-20240609-WA0261.jpg

गान्तोक: ५ वर्ष १४ दिनपछि फेरि सोमवारकै दिन भोलि एसकेएम विधायक दलका नेता पीएस गोलेले दोस्रोपल्ट सिक्किमे जनसमुदायलाई साझी राख्दै पाल्जोर स्टेडियमको खुला हावामा मुख्यमन्त्रीको पद अनि गोपनीयताको शपथ ग्रहण गर्नेछन्। यसको तयारी लगभग पूरा भइसकेको छ। यस शपथ ग्रहण समारोहमा राज्यबाहिरबाट विशेष गरी पूर्वोत्तर राज्यहरूबाट वरिष्ठ हस्तीहरूको उपस्थिति रहने प्रबल सम्भावना रहेको छ। यद्यपि, आज नयाँ दिल्लीमा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत अन्य राज्यका मुख्यमन्त्रीहरूको पनि सहभागिता रहेको कारणले यसबारे स्पष्ट भइसकेको छैन।

गणतान्त्रिक सिक्किमको इतिहासमा पहिलोपल्ट खुला हावामा सिक्किमे जनतालाई साझी राख्दै एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले २७ मार्च २०१९ सोमवारको दिन मुख्यमन्त्रीको पद अनि गोपनीयताको शपथ ग्रहण गरेका थिए भने यसको ठीक ५ वर्ष १४ दिनपछि भोलि पुनः सोमवार नै पाल्जोर स्टेडियमको खुला हावाबाट अपराह्न ४:३० बजी शपथ ग्रहण गर्नेछन्। हालै सम्पन्न ११औं सिक्किम विधानसभा चुनाउमा सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले ३२-मध्ये ३१ वटा आसनमा जीतपछि पूर्ण जनमत हासिल गरेर निरन्तर दोस्रोपटक राज्यको सत्तामा आसिन बन्न पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement