पोयट आइडल विजेता सिमोन सुकिता राई र सबिना राईलाई एकेआरएसले जनायो भव्य स्वागत

IMG-20240609-WA0257.jpg

गान्तोक: हालै नेपालमा आयोजित पोयट आइडल सिजन २-का विजेता सिक्किमे छोरा सिमोन सुकिता राई अनि शीर्ष १०-मा सामेल भएका सिक्किमकै अर्का प्रतियोगी सबिना राईलाई आज अखिल किराँत राई संघ, सिक्किमद्वारा आज भव्य स्वागत जनाइयो।

लुम्सेमा रहेको राई खिममा सम्पन्न कार्यक्रममा मुख्यमन्त्रीका पूर्व राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने कार्यक्रममा एकेआरएसका पदाधिकारी, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

संगठनका मूल सचिव आर.के. वालिङद्वारा सञ्चालित कार्यक्रममा दुवै प्रतियोगीहरूलाई सबैले खदार्पण गरी बधाई दिँदै थप प्रगतिको कामना गरे।

आफ्नो संक्षिप्त सम्बोधनमा मुख्य अतिथि खालिङले दोस्रो पोयट आइडल विजेता अनि शीर्ष १० प्रतियोगी दुवैलाई हार्दिक बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरे। सबै जातिको भाषा, साहित्यमा समान विकास भए मात्र राज्य, देशको साँचो विकास हुने विचार पोख्दै यस दिशामा कलम चलाउन मुख्य अतिथि खालिङले राज्यका युवावर्गलाई आह्वान गरे।

About Author

Advertisement