गान्तोक: प्रोफेशनल युनिभर्सिटी ताडोङले आफ्नो वार्षिक सांस्कृतिक महोत्सव “केफी-२०२४” पर्यटन सभागार सम्पन्न गऱ्यो। कार्यक्रमका प्रमुख अतिथि एसपीयूका उपकुलपति प्रा. डा. एचएस यादवले उद्घाटन गरेका थिए। उनले विद्यार्थीहरुलाई सहभागिताका लागि आग्रह गरे। उनले यूनिभर्सिटीको शैक्षिक कार्यक्रमको अभिन्न अंगको रुपमा सास्कृतिक कार्यक्रम सामेल रहेको उल्लेख गरे। यसअन्तर्गत कौशल विकास शैक्षिक कार्यक्रमको अनिवार्य भाग भएको बताउँदै पाठ्यक्रम र मनोरञ्जन गतिविधिहरूले समग्र विकासमा बहुमूल्य उपव्धि प्रदान गर्ने बताए। विद्यार्थीको व्यक्तित्व विकास गर्न यसले मदत गर्ने दाबी गर्दै राष्ट्र निर्माणमा वर्तमान समाजको आवश्यकतामा यसले लाभ पुग्ने बताए। यस्ता अभ्यासहरूले कलालाई आत्मसात गर्न मदत गर्ने भारत ज्ञान प्रणालीको संस्कृति र परम्पराले प्रोत्साहित गर्ने बताए। विद्यार्थीहरुलाई आगामी दिनमा अझ राम्रो कार्यसम्पादनको लागि अनुरोध समेत गरेको थियो। कार्यक्रमका संयोजक सुश्री हिस्से ल्हमू भोटियाले कार्यक्रमबारे जानकारी गराइन्। सिक्किम प्रोफेशनल कलेज अफ नर्सिङका विद्यार्थीहरू, औषधि विज्ञान, फिजियोथेरापी, आर्ट्स एण्ड साइन्सेज, एलाइड एण्ड हेल्थ साइन्सेजद्वारा गीत, समूह गीत, एकल नृत्य, समूह नृत्य, स्ट्यान्डअप कमेडी, कविता, मोनोलोग, सामूहिक लोक नृत्य, वाद्य धुन र फेसन शो प्रस्तुत गरे।