विश्वको एक तिहाइ भाग समुद्रले घेरिएको छ। यस्तो अवस्थामा समुद्रमा कुनै रोग फैलियो भने, र जसको उपचार वैज्ञानिकसँग छैन भने त्यो डरलाग्दो कुरा हो। विशेष गरी ती मानिसहरूका लागि जसको सम्पूर्ण जीवन समुद्रमा निर्भर छ। सी अर्चिन एउटा यस्तो महामारी हो, जुन अहिले लाल सागर पारी हिन्द महासागरमा फैलिरहेको छ। इजरायलको तेल अवीभ विश्वविद्यालयका नुसन्धानकर्ताहरूले गरेको अध्ययन करेन्ट बायोलजी जर्नलमा प्रकाशित भएको छ। यो अध्ययनले महासागर कसरी डरलाग्दो महामारीको चपेटामा छ भनेर बताउँछ। यो महामारीको नाम अर्चिन एपिडेमिक हो, जुन अहिले लाल सागरबाट पश्चिमी हिन्द महासागरसम्म फैलिएको छ। यस महामारीका कारण लाल सागरमा समुद्री अर्चिनहरू लगभग लोप भइसकेका छन्। यो महामारी अब हिन्द महासागरमा फैलिने र यसले मानव जीवनमा गम्भीर खतरा निम्त्याउन सक्ने वैज्ञानिकहरुलाई डर छ।
समुद्री अर्चिन एक प्रकारको जीव हो, जसले समुद्रको नाजुक पारिस्थितिकी प्रणालीलाई कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। यो कालो रङको गोलाकार र काँडे प्राणी समुद्रको गहिराइमा पाइन्छ। यो प्राणी को मुख्य काम कोरल चट्टान को रक्षा गर्नको लागि छ। यदि यी जीवहरू समुद्रबाट पूर्ण रूपमा नष्ट भएमा कोरल रिफ पनि खतरामा पर्नेछ र यस्तो अवस्थामा यसको नराम्रो प्रभाव मानवमा पर्नसक्छ। अन्वेषकहरूका अनुसार यो महामारी पहिलो पटक करिब एक वर्षअघि अकाबाको खाडीमा देखिएको थियो। पत्ता लागेको दुई साताभित्रै यो महामारी ७० किलोमिटरसम्म फैलियो। वैज्ञानिकहरुका अनुसार जब अर्चिन यसको शिकार हुन्छ, त्यो केही दिनमै कंकालमा परिणत हुन्छ। अनुसन्धानकर्ताहरूसँग अहिले यो रोगबाट बच्ने कुनै उपाय छैन।