सोरेङ: दोदक अरुणोदय समाज र जीवन ज्योति समाज दोदकको संयुक्त तत्वावधानमा आज दोदक वार्ड नम्बर एकको रमिते डाँडामा रोपन कार्यक्रम सम्पन्न गरियो। उक्त ठाउँ सामुहिक दाह संस्कार गरिने स्थान हो जसलाई चिहान डाँडा भनेर पनि चिनिन्छ। भविष्यमा दाह संस्कारमा चाहिने दाउरालाई मध्यनजर राख्दै उसीतको बिरुवा व्यापक रूपमा लगाइएको हो। दुवै समाजका सदस्यहरु साथै स्थानीय ग्राम पञ्चायत एकाईका पञ्चायत सभापति एचके छेत्रीको पनि उपस्थिति थियो।








