लिड व्याङ्ककाे एक बैठकको आयोजना

n61577582617178702662699baf89568a3945206b87170147fb0ab84780aae813f8802ce0bb9f7e62d51b19.jpg

पाकिम: पाकिम जिल्लाको लिड व्याङ्क कार्यालयले हिजो रूअर्वन सामुदायिक भवनमा त्रैमासिक अन्त्यको निम्ति जिल्ला परामर्श समितिलाई लिएर एक बैठकको आयोजना गऱ्यो। पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको अध्यक्षतामा बसेको बैठकको उद्देश्य जिल्लाको प्रगति समीक्षा, व्याङ्किङ चुनौतीहरूलाई सम्बोधन गर्नु, भावी उपायहरू प्रस्ताव गर्नु, समन्वय अभिवृद्धि गर्नु, वित्तीय चेतना अभिवृद्धि गर्नु र समग्र विकासलाई प्रोत्साहन गर्नु रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै जिल्लापाल टाशी छोपेल लेप्चाले पाकिम जिल्लामा विकास निर्माणका आयोजनाहरू कार्यान्वयनका लागि सुझाउ प्रस्तुत गर्दै जिल्लाको सर्वाङ्गीण विकासका लागि सबै सरोकारवालालाई मिलेर काम गर्न आग्रह गरे। उनले बैठक सञ्चालनमा लिड व्याङ्क कार्यालयको प्रयासको प्रशंसा गर्दै जिल्लाको उन्नतिको लागि निरन्तर सहयोगको अपेक्षा पनि राखेका छन्।

त्यसैगरी सेण्ट्रल व्याङ्क अफ इन्डियाको संयोजक एवं लिड जिल्ला प्रबन्धक प्रदीप अहमदले जिल्लाको विभिन्न आर्थिक तथा विकास क्षेत्रमा भएका प्रगति र उपलब्धिबारे प्रकाश पारे।

About Author

Advertisement