गजल

01-Abstract

केही कुरा गर्न सके या रहर मिलाउन सके

न त तिमीसँगै जिउने एक घर मिलाउन सकेll

केही दुखाई यस्तो हुन्छ जहाँ घाव देखिन्दै

जमानाले मल्हमको सट्टा पत्थर मिलाउन सकेll

चकमन्न यो मनमा आफै हराउनुको मज्जा

कोलाहल जिन्दगीमा खै कसर मिलाउन सकेll

जिउँदो रहुन्जेल कमाउनु छ कति सम्पत्ति

मरे हाँस्छन् सम्पत्ति कहाँ अमर मिलाउन सकेll

इति भारी बाबुको काँधमा छोरोको लाश छ

यी मलामी लश्कर कस्तो सफर मिलाउन सकेll

About Author

Advertisement