तब्बुको दाहिने आँखामा चोट

Tabu-3

मुम्बई: बलिउडकी एकजना दिग्गज अभिनेत्री तब्बु यतिबेला आफ्नो आउँदो फिल्म ‘भोला’लाई लिएर चर्चामा छिन्। अहिले उनी फिल्मको सुटिङमा व्यस्त छिन्। यस फिल्ममा तब्बुले निडर प्रहरी अफिसरको भूमिका निर्वाह गरेकी छिन्। अजय देवगन र तब्बु स्टार रहेको यो फिल्मको छायांकन हैदराबादमा भइरहेको छ। यसैबीच फिल्म ‘भोला’ को सेटबाट एउटा नराम्रो खबर बाहिर आएको छ। वास्तवमा उनी ‘भोला’ को सेटमा स्टन्ट गर्ने क्रममा नराम्ररी घाइते भएकी थिइन्। मिडिया रिपोर्टका अनुसार अभिनेत्री तब्बुको आँखामा गम्भीर चोट लागेको छ। स्रोतका अनुसार ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किएर घटना एक एक्सन दृश्यका क्रममा भएको हो। टक्कर यति बलियो थियो कि तब्बुको दाहिने आँखाको माथिको सिसामा ठोक्कियो।

About Author

Advertisement