काठमांडू: बजारमा देखिने विकृति अन्त्य र खाद्य स्वच्छता कायम गर्न सबै सरोकारवालाको सहकार्य जरुरी रहेको बताइएको छ। खाद्यj प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको ‘खाद्य स्वच्छतामा अप्रत्याशित अवस्थाको फूर्वतयारी’ विषयक अन्तर्क्रिया कार्यत्रममा सरोवारकालाले आपूर्ति शृंखलाको जटिलता समाधान गर्न सबैको सहकार्य जरुरी रहेको जनाए। स्रोतका अनुसार नयाँ बनेको खाद्य ऐन कार्यान्वयन र खाद्य स्वच्छतामा लगाानी बढाउनसमेत उनीहरुले जोड दिए।
‘संशोधित नयाँ खाद्य ऐन राम्रो बनेको छ, सबैको सहकार्यमा कार्यान्वयनमा लैजाऔं,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले भने, ‘कार्यान्वयनका क्रममा केही जटिलता आए मन्त्रालयले सहयोग गर्छ।’ खाद्य स्वच्छताको शृंखला लामो हुँदै गएकाले जटिलता पनि बढ्दै गएको उनको भनाइ छ।
नयाँ ऐनमा उत्पादक तथा प्रशोधनकर्ताको दायित्व तोकिएको छ। सबैको दायित्व र जिम्मेवारी तोकिएकाले सबैको सहकार्य आवश्यक रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी वैद्यले बताइन। ‘विगतको तुलनामा खाद्य प्रदार्थलाई नयाँ रुपमा परिभाषित गरिएको छ। सबै जिम्मेबार पक्षको आआफ्नो भूमिका तोकिएको छ,’ विश्व खाद्य स्वच्छता दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा उनले भने, ‘ऐन कार्यान्वयनमा सबैको सहकार्य उत्तिकै महत्त्वपूर्ण छ।’
ऐनमा कसुरअनुसार जरिवाना प्रस्ट उल्लेख गरिएको छ। खाद्यको नियमन र अनुगमन गर्न ३ वटै निकाय (संघ, प्रदेश र स्थानीय तह) ले गर्न सक्छन्, जसले गर्दा समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए। उत्पादकले स्वच्छ वस्तु उत्पादन गर्ने वातावरण बनाउन सो अनुसार नीति आवश्यक रहेको कृषि विभागका महानिर्देशक हरिबहादुर केसीले जनाए।








