टाईब्रेकरमा रोमाञ्चक जीतको साथ युनाइटेड क्लब गोरुबथान फाइनलमा

IMG_20220811_000536.jpg

१० अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार युनाइटेड क्लब गोरुबथानले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा भएको म्याचमा युनाइटेड क्लब गोरुबथानले बुलेट इलेभेन मीनग्लासलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमबाट देवाशिष रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको म्याचमा हेम कुमार राई रेफरी थिए। सहायक रेफरीको भूमिकामा अलोप राई र अशोक रोय थिए। राजेश थापा फोर्थ अफिसियल थिए। अब शुक्रवार खेलिने दोस्रो सेमिफाइनलमा जलपाइगढ़ी पुलिस र सनराइजिंग वेलफेयर क्लब ढीपडाँड़ाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १६ अगस्तमा खेलिनेछ। आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएअनुसार, टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्राप्त हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *