देवकुमार खाती स्मृति नक्आउट फूटबलः एड अस्त्र खरसाङको जीत

IMG_20220811_000234.jpg

१० अगस्त: बन्दाखेती स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार दोस्रो राउण्डको म्याचमा एड अस्त्र खरसाङले रोमाञ्चक जीत हासिल गऱ्यो। लंगभ्यू बन्दाखेती खेल मैदानमा भएको म्याचमा एड अस्त्र खरसाङले सिलगढ़ी युनाइटेड एफसी-लाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट २ गोल गर्ने छितेन शेर्पालाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २८ अगस्तमा खेलिनेछ। फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।

About Author

Advertisement