जेभीसी सिंगताम र डीईएसए पाक्योंग सेमिफाइनलमा

IMG_20220810_235933.jpg

१० अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा जारी यस नाइन ए साइड टुर्नामेण्टमा भएको पहिलो म्याचमा जेभीसी सिंगतामले ५८ गोर्खा ट्रेनिंग सेण्टर (जीटीसी), शिलंगलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमका नेल्सनलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो म्याचमा डीईएसए पाक्योंगले झापा एकादशलाई ५-०-ले पराजित गऱ्यो। विजेता टीमका सुशिल राईलाई प्लेयर अव् द म्याच चयन गरियो।

अब १३ अगस्तको दिन खेलिने सेमिफाइनलमा आज जित्ने दुईवटा टीमबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement