गान्तोक: पर्सन्स विथ डिसएवल कम्युनिटी अफ् सिक्किमले शिक्षा विभागको समग्र शिक्षा राज्य परियोजना कार्यलयको संयुक्त तत्वावधानमा दुई दिवसीय कार्यशाला आजदेखि रानीपूलको एक होटलमा शुरू गरेको छ। आजको पहिलो दिनको कार्यशालामा सिक्किमका विभिन्न जिल्लाबाट पीडीसीएसका सदस्यगण अनि विभिन्न पाठशालामा दिव्यांग विद्यार्थीहरूको निम्ति नियुक्त शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न शोधवक्ताहरूले दिव्यांग विद्यार्थीहरूले खप्नु परिरहेका विभिन्न प्रकारको समस्याहरू साथै ती समस्याहरूलाई के कस्तो प्रकारले समाधान गर्न सकिन्छ भन्नेबारेमा उपस्थित सबैलाई अवगत गराए।
योसँगै दिंव्यांगजनको हितमा बनिएको विभिन्न कानुनहरूबारे पनि कार्यशालामा छलफल गरियो। योसँगै दिव्यांगहरूको व्यक्तिगत स्वच्छताबारे पनि आजको कार्यशालामा छलफल गरियो। दिव्यांग विद्यार्थीहरूलाई देख रेख गर्दा तिनीहरूले भोगेका विभिन्न समस्याहरूबारे पनि छलफल गरिँदै शोधवक्ताहरूले ती विषयहरूमा शिक्षकहरूलाई परामर्ष र सुझाव दिए।