नवनिर्वाचित विधायक रिकसल दोर्जी भोटियाले लेगसिप किरातेश्वर धाममा पूजा अर्चना

photocollage_202466232640517.jpg

गान्तोक: बर्फुङ निर्वाचन क्षेत्रका नवनिर्वाचित विधायक रिकसल दोर्जी भोटियाले लेगसिप किरातेश्वर शिव धाममा पुजा अर्चना र हवनमा सहभागी बन्दै समष्टिका जनताको खुशी, समृद्धि र सद्वभावनाको कामना हेतु प्रार्थना गरेका छन्। यहाँको शान्त वातावरण र दिव्य ऊर्जाले आफुलाई धन्य र शान्तिको अनुभूति प्रदान गरेको विधायक भोटियाले आफ्नो सामाजिक सञ्जाल पृष्ठमा उल्लेख गरेका छन्। विधायक भोटियाले लेगसिप स्थित डेनजोङ थार्पा छोलिङ गुम्पामा पनि पुजा प्रार्थना गरे। यस अवसरमा विधायक भोटियाले बरफुङ निर्वाचन क्षेत्र र यहाँका जनताको कल्याणको लागि प्रार्थना गरे।

About Author

Advertisement