२८ वटा गाई-गोरूसितै पशु तस्कर पक्राउ

3772982-33.webp

गुवाहाटी: गुवाहाटीको वशिष्ठ थानान्तर्गत जोराबाट पुलिस चौकीको पुलिसले २८ वटा गाई-गोरूसितै पशु तस्करीमा सामेल एक तस्करलाई पक्राउ गरेको छ। पुलिसले बिहीवार बतायो, जोराबाट लिंक रोडमा संचालित अभियानको क्रममा एउटा ट्रक(एएस०२सीसी२३३८)बाट २८ वटा गाई-गोरूहरूलाई जफत गरियो।

जफत गरिएका यी पशुहरूमा २६ वटा जीवित र २ वटा मृत अवस्थामा थिए। यस मामिलामा एक पशु तस्करलाई पक्राउ गरिएको छ जसको पहिचान नजरूल इस्लाम (३२), जुरिया, नगाउँ निवासीको रूपमा गरिएको छ। सबै पशुहरूलाई अवैध रूपमा मेघालयको पशु बजारमा लगिँदैथ्यो। पुलिसले यस सम्बन्धमा पशु अधिनियम अन्तर्गत एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

About Author

Advertisement