यो जीत मुद्दाप्रति समर्पित जनताको जीत हो: गोरामुमो

IMG-20240606-WA0111.jpg

खरसाङ: गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा भाजपा प्रार्थी राजु विष्टलाई भारी मतले बिजयी बनाएकोमा पहाड तराई अनि डुवर्सका जनतालाई धन्यवाद दिएका छन्। गोरामुमो खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङले आज आफ्नो विज्ञप्ति जारी गर्दै मुद्दाप्रति समर्पित जनताले राजु विष्टलाई जिताएको हो भनी बताएका छन्। उनले यो जीत पहाड तराई अनि डुवर्सको जनताको जीत हो र यो जीतको निम्ति गठबन्धनका क्षेत्रीय दलहरु जसले जाति र माटोको उन्मुक्तिको निम्ति बीजेपीलाई सघाउँदै आएको छ, जसले दिन रात खटेर आफ्नो योगदान दिने नेतृत्ववर्ग अनि यो जीत कार्यकर्ताहरुको जीत हो भनी बताएका छन्। उनले यस जीतको निम्ति गोरामुमो खरसाङ ब्राञ्च कमिटीको तर्फबाट हार्दिक बधाई दिन चाहान्छौं भनी बताएका छन्। उनले भने, सांसद राजु विष्टलाई दोस्रो पटक बिजयी बनेकोमा बधाई अनि शुभकामना व्यक्त गर्दछौं। यो जीतसंगै अझ थप जिम्मेवारी अनि गोर्खाहरुको सपना साकार बनाउने दायित्व जनताले सुम्पेको छ। यसलाई चाढैं नै पूरा गर्नेछ भनी हामीले विश्वास गरेका छौं। केन्द्रमा एनडीएलाई स्पष्ट बहुमत प्राप्त भएको छ र अब प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा एनडीएको सरकार बनिने
छ भनी हामीले विश्वास गरेका छौं। हामी एनडीएको घटक दल भएको नाताले एनडीएलाई यो जीतको निम्ति बधाई दिन चाहान्छौं। यसका साथै अब एनडीएको सरकारले गोर्खाहरुको सपना अनि आंकाक्षालाई चाडैं पूरा गर्नेछ भनी विश्वास गरेका छौं। यदि ढिलाइ भएको खण्डमा यो सघाउ अन्तिम नहोस् भन्ने हामी चाहान्छौं। भुपेन गुरुङले थप विज्ञप्तिमा जनाए अनुसार गठबन्धन दलका केही नेताहरुले यो जीत हाम्रो अध्यक्षको कारणले गर्दा भएको हो भन्ने बयानबाजीलाई बन्द गर्नुपर्छ। सर्वप्रथम त यो जीतमा पहाड तराई अनि डुवर्सका जनताले दिएको मतले नै राजु विष्ट बिजयी बनेको हो। यसमा मुद्दाप्रति समर्पित गठबन्धन दलका नेतृत्ववर्ग अनि कार्यकर्ताहरुको महत्वपूर्ण योगदान रहेको छ।’
भुपेन्द्र गुरुङले अघि भने, ‘हामी गोरामुमो २०१९ देखिनै मुद्दा फत्ते गराउनको निम्ति निरन्तर बीजेपीलाई सघाउँदै आएका छौं। हाम्रो गठबन्धन दलका एउटा दल २०२१ मा गठबन्धन तोढेर गएकै हो। यसकारण यस्तो बयानबाजी गर्नुभन्दा मुद्दा फत्ते नभएसम्म अझ एकतामा रहेर कार्य गर्ने भुपेन गुरुङले अपिल गरेका छन्। पार्टी अध्यक्ष मन घिसिङलाई पनि खर्साङ ब्राञ्च कमिटीको तर्फबाट बधाई दिन चाहान्छौं। उनको दिशानिर्देश अनि मार्गदर्शनमा रहेर हामीले चुनावको समयमा अनुशासन ढंगले जनताको घर दैलो पुगेर खट्न सक्यौं। अन्तमा फेरि पनि सम्पुर्ण पहाड तराई अनि डुवर्सका जनतालाई खरसाङ ब्राञ्चको तर्फबाट धन्यवाद दिन चाहान्छौं भनी भुपेन्द्र गुरुङले आफ्नो विज्ञप्तिमा जनाएका छन्।

About Author

Advertisement