अन्तरराष्ट्रिय क्रिकेटमा रोहितकाे ६०० छक्का पूरा

Rohit-Sharma.jpg

टी२० इण्टरनेशनलमा सबैभन्दा तेज ४००० रन बनाए रोहित शर्माले

न्यूयर्क: भारतीय कप्तान रोहित शर्माले आयरल्याण्ड विरुद्ध खेलिएको टी२० वर्ल्ड कपको म्याचमा टी२० इण्टरनेशनलमा सबैभन्दा तेज ४ हजार रन पूरा गर्ने विशेष उपलब्धि हासिल गरे। रोहितले २८६० बल खेलेर टी२०आई-मा आफ्नो ४ हजार रन पूरा गरे। यस मामिलामा उनले भारतकै विराट कोहलीलाई पछि छोड़े, जसले २९०० बलमा ४ हजार रन बनाएका थिए। पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन्। बाबरले ३०७९ बलमा यस उपलब्धिलाई हासिल गरेका थिए। यतिमात्र नभएर रोहित र कोहली यस्ता दुईजना ब्याटर हुन् जसले वनडे, टेस्ट र टी२० इण्टरनेशनलमा ४ हजारभन्दा अधिक रन बनाएका छन्। रोहितले टेस्टमा ४१३७, वनडेमा १०७०९ र टी२०आई-मा ४०२६ रन बनाएका छन्। यसरी कोहलीले टेस्टमा ८८४८, वनडेमा १३८४८ र टी२०आई-मा ४०३८ रन बनाएका छन्। टी२० इण्टरनेशनमा अहिले सर्वाधिक रन बनाउनेहरूका सूचीमा कोहली, रोहित र पाकिस्तानका बाबर आजम (४०२३) शीर्ष तीनमा रहेका छन्। आयरल्याण्डका पल स्टर्लिंगले ३५९१ र न्यूजील्याण्डका मार्टिन गप्टिलले ३५३१ रन बनाएका छन्। रोहितको नाममा टी२०आई-मा संयुक्त रूपले सर्वाधिक शतक बनाउने रेकर्ड पनि रहेको छ। रोहित र अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले टी२० इण्टरनेशनलमा ५-५ वटा शतक बनाएका छन्। सूर्यकुमार यादव ४ वटा शतकको साथ दोस्रो स्थानमा छन्। रोहितले आयरल्याण्ड विरुद्ध म्याचमा ३ वटा छक्का लगाए। यसको साथै उनले आफ्नो ६००औं इण्टरनेशनल छक्का पनि पूरा गरे। रोहितले ४९९औं ईनिंग्समा यस उपलब्धिलाई हासिल गरे। यस सूचीमा ५५१ वटा ईनिंग्समा ५५३ वटा छक्काको साथ क्रिस गेल दोस्रो अनि ५०८ वटा ईनिंग्समा ४७६ छक्काको साथ पाकिस्तानका शाहिद अफरीदी तेस्रो स्थानमा छन्। रोहितले आयरल्याण्ड विरुद्ध म्याचमा टी२० वर्ल्ड कपमा आफ्नो १००० रन पनि पूरा गरे।

About Author

Advertisement