आईसीसी टी२० वर्ल्ड कपः जीतको खाता खोल्न सफल भयो युगाण्डा

IMG-20240606-WA0153.jpg

गुयाना: आईसीसी टी२० वर्ल्ड कपमा युगाण्डाले जीतको खाता खोल्यो। बिहीवार बिहान (भारतीय समयानुसार) खेलिएको ग्रुप सी-को लो स्कोरिंग म्याचमा युगाण्डाले पापुआ न्यू गिनीलाई ३ विकेटले पराजित गऱ्यो। आफ्नो पहिलो म्याचमा अफगानिस्तान विरुद्ध पराजित हुने युगाण्डाको टीमले आज असल प्रदर्शन गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै पापुआ न्यू गिनीको टीम १९.१ ओभरमा केवल ७७ रनको स्कोरमा अलआउट भयो। हिरि हिरिले सर्वाधिक १५ रन बनाए। यसरी लेगा सिआका र किपलिन डोरिगाले १२-१२ रन बनाए। पापुआ न्यू गिनीका ८ जना ब्याटरले त १० रन पनि बनाउन सकेनन्। युगाण्डाका बलरहरूमा अल्पेश रामजानि, कसमस क्येवुटा, जुमा मियागी र फ्रांक एनसुबुगाले २-२ विकेट लिए। जवाफमा युगाण्डाले १८.२ ओभरमा ७ विकेट गुमाएर ७८ रनको स्कोर हासिल गऱ्यो। युगाण्डाको पनि शुरुवात खराब रह्यो अनि केवल २६ रनमा ५ विकेटको पतन भइसकेको थियो तर रिआजत अली शाहले ३३ रन बनाएर टीमलाई जीत दिलाए। यसबाहेक जुमा मियागीले १३ रन बनाए। युगाण्डाबाट पनि ७ जनाले १० रनको स्कोर पनि छुन सकेनन्। पापुआ न्यू गिनीका बलरहरूमा एलेई नाओ र नोरमान भानुआले २-२ विकेट लिए।

About Author

Advertisement