झापा: मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन्।
बुधबार जुन ५मा मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ। विपक्षमा भने ५३ मत परेको छ। सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो।
बुधबार प्रदेशसभामा १०३ सांसद उपस्थित थिए। मुख्यमन्त्रीलाई उनको दल जनता समाजबादी पार्टी नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ। विपक्षमा नेकपा एकिकृत माले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन्।
१०७ सदस्य मधेश प्रदेश सभामा एकिकृत मालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ। त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक/एक सिट छ।