आईसीएआर-केभीके (पूर्वी सिक्किम)को आयोजनामा विश्व पर्यावरण दिवस पालन

1

गान्तोक: आईसीएआर-केभीकेले (पूर्वी सिक्किम)ले आज (५ जून)  विश्व पर्यावरण दिवसको आयोजनामा रानीपुल स्थित सरमसा विश्व पर्यावरण दिवस पालन गर्योl यस अवसरमा बारहमासी चारा रूख नेभारा वा नेबारो (फिकस रक्सबर्ग) र ब्रुम ग्रास (स्थानीय रूपमा अम्लिसो, थिसानोलेना लाटिफोलिया भनिन्छ)को बिरुवाहरू रोप्ने कार्य गरियोl यो वृक्षारोपण लिन सिजनमा ‘लिन सिजन हरियो चारा पर्याप्तता प्रवर्द्धन गर्न मिशन मोडमा शुरु गरिएको छ, विशेष गरी दिसम्बरदेखि अप्रेलसम्म राज्यमा गाईवस्तु कृषकहरूलाई सहयोग गर्न र आउँदो वर्षहरूमा दिगो रूपका लागि गरिएको हो। सिक्किममा गाईवस्तु पालन यसको संस्कृतिमा निहित छ, र राज्यसँग थप विस्तारको लागि ठूलो अवसर रहेको छ। यसो गर्न सकियो भने आधुनिक प्रविधि भित्र्याएर धेरैभन्दा धेरै कृषक यससँग जोडिनेछन्। यस उद्योगको कहिल्यै अन्त्य नहुने कार्यक्षेत्र छ, किनभने दूध र दुग्धजन्य पदार्थको खपतको कुनै सीमा छैन। जमिनी स्तरमा हस्तक्षेपको यस्तो सम्भावित क्षेत्रलाई महसुस गर्दै केभीके पूर्वी सिक्किमले विश्व पर्य्वारण दिवसमा ‘लिन सिजन फोडर सफिसिएन्सी मिशन’ तर्फ कदम चालेको छ। यस अवसरमा डा. प्रकाश शर्मा (वरिष्ठ वैज्ञानिक तथा प्रमुख), डा. जे के सिंह, बोनिफेस लेप्चा, श्रीमती अनुश्री गोगोई, गोगोई, डा. के स्वप्ना रानी (एसएमएस) र क्षेत्र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। केभीकेले तीन महिनाको लागि नियमित रूपमा घाँस रोप्ने भएको छ, जसले यस वर्ष वृक्षारोपण अभियानको भागको रूपमा सम्पूर्ण मनसुन सिजनलाई समेट्नेछ। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement