एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, परिवारका ५ जना घाइते

IMG-20240605-WA0270.jpg

बुढानिलकंठ: चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन्। आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् ।पुलिसका अनुसार घटना मंगलबार जुन ४रातिको हो। घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए। श्रीमानले शरीरमा आगो लगाएपछि निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला पुलिस परिसर काठमांडूका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते पाँचै जनाको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धानकै क्रममा रहेको भन्दै पुलिसले कसैको पनि परिचय खुलाएको छैन।

About Author

Advertisement