बिराटनगर: मोरङको निर्माणाधीन घरको छतबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ। उर्लाबारी नगरपालिका–२ का ४८ वर्षीय सनीकुमार श्रेष्ठको जुन ५ बुधबार मृत्यु भएको मोरङ पुलिसले जनाएको छ।उर्लाबारी–२ का जेनिस लिम्बूको निर्धाणाधीन घरको दोस्रो तलाको छतबाट खसेर श्रेष्ठको मृत्यु भएको हो। उनी लिम्बूको घर निर्माणमा खटिएका कामदार हुन् ।घर निर्माणमा प्रयोग गरिएका पुराना काठ झार्ने क्रममा आज बिहान छतबाट खसेर श्रेष्ठ गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरेर उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरतर्फ ल्याइएको थियो ।विराटनगरको आर्या न्युरो अस्पताल पुर्याउनसाथ चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेको पुलिसले जनाएको छ। घटनाका सम्बन्धमा पुलिस कार्यालय उर्लाबारीले अनुसन्धान अघि बढाएको छ।